www.tandavnews.com
Fact ~ In search of truth

वरिष्ठ नेता पौडेललाई ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’

काठमाडौं ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राइजिङ सन अवार्ड’बाट विभूषित गर्ने भएको छ ।

हिजो(बुधबार) जापान सरकारले उनलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको आज यहाँस्थित जापानी दूतावासले जनाएको छ । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा वरिष्ठ नेता पौडेलले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सो विभूषण प्रदान गर्न लागिएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Batas

वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा ‘ जापान–नेपाल फ्रेन्डसिप पार्लमेन्टेरियन कमिटी’ गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न महत्वपूर्ण निर्वाह गरेको दूतावासले जनाएको छ ।रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.