www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ प्रहरी कार्यालयमा ‘फुट अपरेटेड ह्याण्ड वासिङ टूल’

बागलुङ ।

प्रोग्रेसिभ ईन्जिनियर एशोसियसन नेपाल बागलुङ जिल्ला समितिको नेतृत्व र धौलागिरी क्षेत्रका ईन्जिनियरहरुको विशेष सहयोगमा निर्माण गरिएको हात धुने सामग्री वुधबार जिल्ला प्रहरी कार्यालय बागलुङलाई हस्तान्तरण गरिएको छ ।

कोरोना भाइरस रोकथामका लागि बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने सामग्री ‘फुट अपरेटेड ह्याण्ड वासिङ टूल’ निर्माण गरिएको हो ।

Batas

हातले खोलेर बन्द गर्ने गरी प्रयोग गर्दा संक्रमण हुन सक्ने भन्दै खुट्टाले थिचेर पानी र साबुन खस्ने धारा निर्माण गरिएको प्रोग्रेसिभ ईन्जिनियर एशोसियसन नेपाल बागलुङ जिल्ला समितिका अध्यक्ष ईन्जिनियर विमल आचार्यले जानकारी दिए ।

ईन्जिनियर एशोसियसनले दुईवटा धारा निर्माण गरेको जनाएको छ । अर्को धारा धौलागिरी अञ्चल अस्पताललाई हस्तान्तरण गरिने जनाइएको छ ।

हस्तान्तरण कार्यक्रममा ईन्जिनियर थरेन्द्र पौडेलले हात धुने औजारको जानकारी दिए । बागलुङ नगरपालिकाका ईन्जिनियर गौरव शर्माले कोरोना संक्रमण बाहेक अन्य समयमा पनि यसको उपयोग हुने जनाए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले प्रहरी कार्यालयमा बढी मानिसको आवत जावत हुनेभएकाले अत्यन्त उपयोगी हुने बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.