www.tandavnews.com
Fact ~ In search of truth

अनलाइन कक्षा सञ्चालन नगर्न पोखरा महानगरको निर्देशन

पोखरा
ताण्डव न्यूज ।

पोखरा महानगरपालिकाले विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले कक्षा बन्द गर्न र अनुमतिबिना सञ्चालन नगर्न निर्देश गरेको हो ।

‘विद्यार्थीहरुमा आवश्यक पुर्वाधार तथा इन्टरनेटको हुच नरहेको साथै सम्बन्धीत निकायको अनुमति तथा आवश्यक पुर्वाधारबिना अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुचमा नरहेका विद्यार्थी तथा अभिभावकलाई मानसिक दवाव समेत पर्ने गरेकाले त्यस्ता कक्षाहरु बन्द गर्न पोखरा महानगरमा उजुरी दर्ता हुन आएकाले हाल विद्यालयहरुले सञ्चालनग गरेका अनलाइन कक्षाहरु तुरुन्त बन्द गर्नुहुन र पोखरा महानगरपालिकाको अनुमति बिना अनलाइन कक्षाहरु सञ्चालन नगर्नु नगराउनुहुन यसै सूचनामार्फत जानकारी गराइन्छ’ सूचनामा उल्लेख छ ।

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.