www.tandavnews.com
Fact ~ In search of truth

राप्रपा युवा नेता कार्कीद्वारा स्याङ्जामा १८० थान ‘र्‍यापिड टेस्ट किट’ सहयोग

स्याङ्जा ।

यतिबेला स्याङ्जामा र्यापिड टेस्ट किट अभाव छ । नेपाल सरकारले नै प्रयोगमा ल्याएको कोरोना परीक्षणको र्यापिड किट स्याङजाका विभिन्न पालिकामा १ सय ८० थान सहयोग आएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रिय सचिव पुतलीबजार नगरपालिका–५ का हिकमतजंग कार्कीले १८० थान किट सहयोग गरेका हुन् ।

यसैगरी पुतलीबजार नगरपालिकालाई ४० थान, फेदीखोला गाउँपालिकालाई ४० थान र आँधीखोला गाउँपालिकालाई २० थान किट सहयोग गरेको बताएका छन् । उनले व्यक्तिगत रुपमा नै किट सहयोग गरेका हुन् । ‘कोरोना परिक्षणको लागि अहिले जताततै किट अभाव छ । गृहजिल्ला स्याङ्जामा पनि किट अभाव भएपछि यसमा पर्न सक्ने असरलाई मध्येनजर गर्दै केही मात्रामा सहयोग गरेको हु“उनले भने ।

Batas

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले अभाव रहेको र्यापिड किट सहयोग आउनु निकै महत्वपूर्ण रहेको बताए । उनले उक्त किटलाई आवश्यकता अनुसार प्रत्येक स्थानीय तहमा वितरण गरेर काम गर्ने योजना बनाएको बताए ।

यसैगरी पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, फेदीखोला गापा प्रमुख घनश्याम सुवेदी र आँधीखोला गाउँपालिका प्रमुख सुधीर पौडेलले अभावका बेला किट सहयोग हुनु नै ठूलो सहयोग रहेको भन्दै खुशी व्यक्त गरे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.