www.tandavnews.com
Fact ~ In search of truth

कपिलवस्तुमा वडाध्यक्षमाथि गोली प्रहार

कपिलवस्तु।

यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्षमाथि गए राति गोली प्रहार भएको छ । वडाध्यक्ष सहाबुद्दिन मुसलमान गोली प्रहार भए पनि सकुशल रहेको जनाइएको छ ।

करिब १ बजे वडा नं ८ खोरिया गाउँस्थित आफ्नै घरमा सुत्नुभएका मुसलमानमाथि चार राउण्ड गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। दुई अज्ञात व्यक्तिले रिभल्वरले उनलाई गोली प्रहार गरेका थिए ।

Batas

वडाध्यक्ष मुसलमानलाई प्रहार भएका कुनै गोली उनलाई नलागेको प्रहरीले जनाएको छ । घटनामा संलग्नता रहेको आशंकामा स्थानीयवासी पप्पु मुसलमानलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मल्लले बताए। स्थानीयवासीका अनुसार वडाध्यक्ष मुसलमान र पप्पुबीच पहिलेदेखि नै विवाद हुँदै आएको थियो । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.