www.tandavnews.com
Fact ~ In search of truth

कोभिड –१९ अपडेटः थप दुई संक्रमित भेटिए, संक्रमितको संख्या ५९

काठमाडौं ।

आज शुक्रबार कारोना भाइरसका थप दुई संक्रमित भेटिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह– प्रवक्ता डा.समिरकुमार अधिकारीले आज थप दुई नयाँ संक्रमित भेटिएको पुष्टि गरेका हुन् । भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनामा कोरोना पुष्टि भएको हो।

Batas

जसमा रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्ज, बाँके निवासी ६० वर्षीय पुरुष रहेका छन् ।उनीहरु दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ ।

उनीहरुमध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो। अर्काको नेपालगञ्‍जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो।उनीहरु दुईमध्ये एकजना विदेशबाट आएको खुलेको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि निको भई घर फर्केका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.