www.tandavnews.com
Fact ~ In search of truth

अन्नपूर्ण हिमपहिरोमा हराएका थप दुई सहित सातको शव फेला

पोखरा ।

अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ ।

यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा चार कोरियन पर्यटक गरी सात जनाकै शव फेला परेको हो । आज नेपाली छिरिङ भोटे र अर्का एक कोरियन पर्यटकको शव भेटिएको हो ।

Batas

चार दिनदेखि बेपत्ताको खोजीमा रहेको नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीसहितको टोलीले बेपत्ता उनीहरुको शव भेट्टाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

उनीहरुको शव ल्याउनका लागि सेनाको हेलिकोप्टर तयारी अवस्थामा रहे पनि मौसमको प्रतिकूलताका कारणले घटनास्थलमा जान नसकेको प्रवक्ता केसीले जानकारी दिए ।

गर्मीयाम शुरु भएसँगै घटनास्थलमा जमेको बाक्लो हिउँ पग्लन थालेपछि पहिरोमा परेका अन्यको यसअघि विभिन्न मितिमा शव भेटिएको थियो । अन्नपूर्ण पदयात्राको क्रममा तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा पर्यटक र नेपाली पथप्रर्दशक हराएका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.