www.tandavnews.com
Fact ~ In search of truth

निःशुल्क खाना खुवाउँदै नेपाल मानव धर्म सेवा समिति

पोखरा ।

लकडाउनमा विभिन्न कारणले भोकै पर्नेहरुलाई नेपाल मानव धर्म सेवा समिति र वडा न ११ ले संयुक्त रुपमा संयुक्त रुपमा निःशुल्क खाना खुवाउने गरेका छन्।

यहि बैशाख १६ गतेबाट नेपाल मानव धर्म सेवा समिति हंस सनातन मन्दिर रानीपौवा र सतलोक आश्रम लेखनाथले दैनिक खानाका लागी अभाब भएकाहरुलाई हरेक दिन बिहान १० बजे देखी १२ बजेसम्म आश्रम प्रांगणमा खाना वितरण गरिरहेको गण्डकी प्रदेश प्रभारी महात्मा पीताम्बरा बाइजीले बताईन ।

Batas

१६ गते सुरुको दिनमा ६० जना भए पनि दोश्रो दिनमा १२० तेश्रो दिनमा १५० जनाको हारा हारीमा खाना खानेको संख्या पुगेको जनाइएको छ । दिनप्रतिदिन संख्या बढ्दै जाने गरेको स्वयं सेवकदल उप –प्रमुख मिलन जीसीले बताए ।

दैनिक खानाका लागी मानव धर्म सेवा समितीमा आबद्ध सदस्यहरुले आवश्य खाद्यान्न सामाग्री तथा पानीको लागी सिक्लेस वाटरले पानीको गरिरहेको छ । मानव धर्मले खाना मात्र नभई रामकृष्ण टोल साथै अन्य ठाउमा पनि खाद्यान्न सामाग्री पनि वितरण गरेको जिसीले बताए ।

खाद्यान्न , खाना खान समस्या भयकाहरुले साथै सहयोग गर्न इक्छुक महानुभावहरुले सहयोग गर्न सक्नु हुने जनाइएको छ । सहयोग गर्न चाहने र सहयोग चाहानेले ०६१–५२४०१६ मा सम्पर्क गर्न सक्ने समितीले जानकारी दिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.