www.tandavnews.com
Fact ~ In search of truth

२० दिनपछि पहिलो पटक सार्वजनिक भए किम जोन

काठमाडौं।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन झण्डै २० दिन पछि पहिलो पटक सार्वजनिक भएका छन ।

स्वास्थ्य अवस्था विग्रिएको र गम्भीर अवस्थामा रहेको हल्ला चरिरहेका बेला उनी आज(शनिबार) सार्वजनिक भएका हुन।

Batas

दक्षिण कोरियाको राज्यद्धारा सञ्चालित योन्हाप समाचार संस्थाकाअनुसार उनी यसअघि गत अप्रिल ११ तारिखदेखि सार्वजनिक भएका थिएनन् ।उनी दक्षिणी प्योङगान प्रान्तको सुन्चोनमा भएको एक कार्यक्रममा सहभागी भएका थिए । यो बीचमा दक्षिण कोरियाका अधिकारीहरुले किम गम्भीर विरामी भएको दाबी गरेको समाचारहरु पटक पटक सार्वजनिक भएका थिए ।

उनका आफ्ना हजुरबुवाको जम्मोत्सव समरोहमा उनको अनुपस्थितिलाई आधार मानेर उनलाई अस्वस्थ भएको दावी गरिएको थियो ।उनको स्वास्थ्यको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पटक पटक प्रतिक्रिया दिदै चासो देखाएका थिए ।

उनले किम आफ्नो मित्र भएको र सम्वन्ध राम्रो हुदै गएको जानकारी पनि दिएका थिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.