www.tandavnews.com
Fact ~ In search of truth

सुलभ डिपार्टमेन्टको मनपरी: पुर्ननिर्माण गरी गल्ती सच्याउदैँ (भिडियो सहित)

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

लेकसाईडकै ठुला व्यापारीहरुको लगानीमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले सडक विभागले मापडण्ड अनुसार राखेको डिभाईडर रातारात भत्कायो ।

यस अघि सुलभले पोखरा महानगरपालिका ६ लाई पत्र पठाएको थियो । पत्रलाई वडा कार्यालयले व्यवहारिकताका आधारमा छलफल गर्याे तर भत्काउनै भनेर पत्र दिएन । गएराती उक्त स्टोर्सले गेट अगाडी नै डिभाईडर भत्काएर आफ्नो लागि बाटो सोझ्यायो ।

Batas

तर यो प्राविधिक तवरबाट पुर्ण रुपमा उचित थिएन । व्यवसायिक स्वार्थको लागि सार्वजनिक सम्पत्तीलाई विनाश गर्ने अधिकार कसैलाई नभएको र भत्काउने काम अव्यावहारिक भएको भन्दै स्थानियले विरोध गरेपछि अहिले पुर्ननिमाण थालेको छ । ‘सुलभले हामीलाई पत्राचार गरेको थियो । व्यावहारीकताका आधारमा विवाद नआउला भनेर हामीले छलफलमा गएका हौँ, तर बनाउन भनेर हामीले पत्र दिएको होईन ।’ पोखरा महानगरपालिका ६ का वडा सदस्य हरीकृष्ण पहारीले ताण्डव न्यूजसँग भने ।

उनले व्यवहारिकताका आधारमा छलफल गरेको बताउदैँ भने, ‘उनीहरुको ठुला ट्रक आउने भएकाले मानविय घटना नहोस भन्ने उहाँहरुको समस्यालाई व्यावहारिक ठानेर हामी छलफलमा गएको हो । तर विवाद आएपछि म आफै आएर आज र भोलिमा सिध्याउन पर्छ भनेर लागि पर्या छु । यो हामीले कुनै व्यक्तिको फाईदालाई हेरेर गरेको होईन ।’ पहारीले भने ।

वडा सदस्य पहारीले अव्यवहारिक निर्णयमा चुकेको स्वीकार्दै हामीले मानवियता, व्यवहारिकता, भाईचारालाई सम्झेर ठिकै होला भनेर गएको हो तर, हामीले खुलेरै पत्र दिएर ल बनाउनुस भनेर दिएको होईन ।’ उनले व्यवहारिकताका आधारमा मौखिक स्वीकृत गरेको बताए । ‘मान्छे भएपछि व्यवहारिकताका आधारमा हामीले गर्न खोज्या हो । सार्वजनिक सम्पत्ती विगार्ने, तहसनहस गर्ने हाम्रो पटक्कै नियत होईन ।’ वडा सदस्य पहारीले भने । त्यस्तै रातारात भत्काएपछि पूर्ननिर्माण थालेका कुल प्रसाद पौडेलले भोलि बेलुका ५ बजे सम्म सबै निर्माण काम सम्पन्न गर्ने बताए । ‘यो भत्काउन भन्दा बनाउन समय लाग्छ, पौडेलले भने, भोलि बेलुका ५ बजे सम्म सबै काम सकिन्छ ।’

यता सुलभ डिपार्टमेन्ट स्टोर्सका म्यानेजर दयाल गिरीले वडालाई जानकारी दिएर नै डिभाईडर भत्काएको बताए । ‘हाम्रो गाडी घुमाउन गाह्रो भएर भत्काएका हौ । स्थानियले विरोध गरेपछि हामी आफै बनाईदिदैछौ । पहिलाको भन्दा राम्रो बन्छ ।’ गिरीले भने ।

 

सुलभ डिपार्टमेन्टको मनपरी : पुर्ननिर्माण गरी गल्ती सच्याउदैँ

सुलभ डिपार्टमेन्टको मनपरी : पुर्ननिर्माण गरी गल्ती सच्याउदैँ#TANDAV_NEWS

Gepostet von Tandav News am Samstag, 2. Mai 2020

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.