www.tandavnews.com
Fact ~ In search of truth

पोखराको मजुवामा मजदुरको हत्या

पोखरा,
ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नम्बर २० मजुवामा गएराती एक व्यक्तिको हत्या भएको छ । पोखरामा बसी ज्यालामजदुरी गर्दै आएका सुनकोशी गाउँपालिका –५ ओखलढुंगाका ५५ वर्षीय टंक बहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

मृतक तामाङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ । मृतक तामाङ झण्डै एक महिनादेखि स्थानीय बाटोमा काम गर्दै आएको जनाइएको छ । तामाङको उनकै भतिज इन्द्र तामाङले हत्या गरेको हुनसक्ने आशंका आफन्तजनले व्यक्त गरेका छन् ।

Batas

मादक पदार्थ सेवन गरि भतिज इन्द्र र टंक बीच आपसमा विवाद भएको बताइएको छ । विवाद पछि एक जना मजदुर भागेको र बिहान उनीहरु बसेको पालमा गई हेर्दा टंक बहादुर मृत भेटिएका थिए । उनको मृत्यु पछि भतिज इन्द्र बेपत्ता रहेका छन् । मृतक टंकको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्नको खोजी र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.