www.tandavnews.com
Fact ~ In search of truth

सरकारलाई चार अर्ब ६८ करोड बढी अनुदान

काठमाडौं ।

हरित जलवायु कोष (जिसिएफ) र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)ले उत्थानशील चुरे क्षेत्र निर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई चार अर्ब ६८ करोड ८२ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

चुरे क्षेत्रको पर्यवरणीय सन्तुलन कायम गर्दै त्यस क्षेत्रका जोखिममा रहेका समुदायको एकीकृत दिगो प्राकृतिक व्यवस्थापनका माध्यमबाट जीवनयापनमा सघाउन साढे छ वर्षको उक्त परियोजना वन तथा वातावरण मन्त्रालयले गर्नेछ ।

Batas

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुम श्रीकृष्ण नेपाल र यहाँस्थित एफएओका प्रतिनिधि सोमसक पोपोपिन्योले हस्ताक्षर गरे। उक्त परियोजना प्रदेश नं १, २ र वाग्तमती प्रदेशका चुरे क्षेत्रका २६ वटा नदी प्रणालीमा आश्रित दुई लाख ६८१ परिवारको जीवनयापनमा सघाउन कार्यान्वयन गरिने छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.