www.tandavnews.com
Fact ~ In search of truth

कोभिड –१९ अपडेटःएकैदिन भेटियो १० जनामा कोरोना,संक्रमितको संख्या ६९

काठमाडौं ।

आज आइतबार एकै दिन १० जनामा कोरोना भाइरस देखिएको छ ।

नेपालगन्जमा आज आइतबार ९ जना र पर्सामा १ गरि १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज संक्रमण देखिएका मध्ये ६ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।

Batas

त्यस्तै आजै पर्साको वीरगन्जमा एक जना पुरूषमा कोरोनाको संक्रमण पुष्टि भएको छ। वीरगन्ज ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.