www.tandavnews.com
Fact ~ In search of truth

सुत्केरीलाई पौष्टिक आहार बाँड्दै पोखरा महानगर

पोखरा ।

कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दी समयमा विशेष गरी सुत्केरीलाई पौष्टिक आहारको अभाव हुन नदिन पोखरा महागरपालिकाले हर्लिक्स, घिउ र ५०० प्रदानसहित घरदैलो कार्यक्रम शुरुआत गरेको छ ।

बन्दाबन्दीका समयमा सुत्केरी भएर घरमै बसेका, माइती जान नपाएका एवं आफन्तको भेटघाटबाट वञ्चित ती महिलालाई खोजी गर्दै महानगरले अभिभावकीय भूमिका निर्वाह गरेको हो ।

Batas

गत चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेट्न र कोसेलीका रुपमा ती प्याकेज लिएर महानगरका कर्मचारी एवं जनप्रतिनिधि सुत्केरीको घरदैलोमा पुगेका हुन् ।महानगरले पहिलो दिन आइतबार १८ जनालाई पौष्टिक आहार उपलब्ध गराएको छ । महानगरको हटलाइन नम्बर शनिबारसम्म २६ जनाले नाम टिपाइएको थियो ।

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले ती महिलालाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महानगरले  एक हजार ५०० बराबरको प्याकेजसहित  ५०० दिने निर्णय गरी सुत्केरी भेटघाट कार्यक्रम गरेको जानकारी दिए ।

‘सुुत्केरी भएको समयमा महिलालाई पौष्टिक आहारको आवश्यक पर्छ, तत्कालका लागि हामीले हर्लिक्स, घिउ, तेल उपलब्ध गराएका हौँ, यसबाहेक केही आवश्यक सामग्री किन्न नगद रु ५०० उपलब्ध गराएका छौँ ’ ,उनले भने।

उनले चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिनसम्मका महिलालाई महानगरले पौष्टिक आहार उपलब्ध गराएको बताए । उनले भने,‘सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको छ, यसलाई राहतका रुपमा भन्दा पनि सुत्केरी अवस्थालाई मध्यनजर गरेर वितरण गरेका हौँ ।’

नाम टिपाएका सबैलाई घरघरमै सुत्केरीका लागि पौष्टिक आहार पुर्याइने उपप्रमुख गुरुङले बताए । वडाका जनप्रतिनिधिका समन्वयमा महानगरका कर्मचारीसहित सुत्केरीको घरमै सामान पुर्याउन व्यवस्था गरिएको छ ।

आइतबार पोखरा ९, १० र १५ मा वडाध्यक्ष, वडा सदस्य र महानगरका कर्मचारी पौष्टिक आहारसहित भेट्न पुगेका थिए । बन्दाबन्दी कारण दैनिक ज्याला मजदूरी गरेर दैनिक गुजारा चलाउने तथा विपन्न ३१ हजारभन्दा बढीलाई महानगरले राहत वितरण गरिसकेको जनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.