www.tandavnews.com
Fact ~ In search of truth

विकास निर्माणका कामलाई गति दिँदै अन्नपूर्ण गाउँपालिका

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाले विकास निर्माणका कामलाई गति दिएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि जारी बन्दाबन्दीका बाबजुद सामाजिक दूरी कायम गरेर सुरक्षा अपनाउँदै विकास निर्माण काम अघि बढाइएको गाउँपालिकाका प्रमुख युवराज कुँवरले जानकारी दिए ।

Batas

उनका अनुसार गाउँपालिकाभित्र २० वटा खानेपानीका योजनाको काम बढिरहेको छ । जसका लागि गाउँपालिकाले दुई करोड ५० लाख विनियोजन गरेको छ । गाउँपालिकाका ५१ वटा ग्रामीण सडक निर्माणका योजना सञ्चालन गरिरहेको जानकारी दिँदै उनले त्यसका लागि सात करोडभन्दा बढी रकम विनियोजन गरिएको बताए ।

उनका अनुसार वडा कार्यालयका पाँचवटा भवनका साथै स्वास्थ्य संस्थाका चारवटा भवन निर्माण पनि भइरहेको छ । जसमध्ये वडा भवनका लागि चार करोड र स्वास्थ्य भवनका लागि दुई करोड छुट्याइएको छ । अन्य कृषिलगायतका विभिन्न क्षेत्रमा पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

‘बन्दाबन्दीका बाबजुद कृषि तथा विकास निर्माणका कामका लागि प्रदेश सरकारले केही खुकुलो गरिदिएपछि काम अघि बढाउन अझै सहज भएको छ’, अध्यक्ष कुँवरले भने, ‘सरकारले तोकेको सामाजिक दूरीलगायतका आधारभूत कुरालाई ध्यानमा राख्दै काम अघि बढाएका छौँ ।’

गाउँपालिकाले बन्दाबन्दीका कारण प्रभावित विपन्न मजदुरलाई राहत उपलब्ध गराउन खाद्यान्न भण्डारण गरिसकेको जानकारी दिँदै उनले राहतसँगै उनीहरूलाई सामाजिक काममा लगाउने नीति लिइएको जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.