www.tandavnews.com
Fact ~ In search of truth

लकडाउनमा रगत अभाव हुन नदिन नयाँबजारका युवाद्धारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा ।

पोखरा महनगरपालिका वार्ड न ९ का युवा हरुको समुह ‘नयाँ बजार युवा क्लब’ को आयोजना मा सोमबार बिहान रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो ।

नयाँ बजार युवा क्लबका उपाध्यक्ष प्रदिप बस्नेतले ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गरेका थिए । देश र बिश्व भरिकै लकडाउन तथा सामाजिक दुरी लाई ध्यान मा राखी कार्यक्रम छिटो र मिठो गरी सम्पन्न गरिएको क्लबका उपाध्यक्ष बस्नेत ले जानकारी दिए । स्थानिय नवप्रभात उच्च मा बि मा आयोजित रक्तदान कार्यक्रम २ घण्टा भन्दा कम समयमा सम्पन्न भएको थियो ।

Batas

कार्यक्रममा प्रदेश सभा सदस्य सभासद बिन्दु कुमार थापाको पनि उपस्थिती रहेको थियो । थापाले युवाहरुको उत्साहको प्रशम्सा गरेका थिए ।त्यस्तै कार्यक्रममा वडा न ९ का सचिब लोकदर्शन कोइराला,ने.रे.सो उपशखा ९ का कोषाध्यक्ष उत्तम जोशि,स्थानिय समाजसेवी उमा ठकुरि,दीपेन्द्र मरासिनि लगायतको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रमलाई क्लबका अबिनास गुरुङ,मनोज गुरुङ,अरुण गुरुङ,सुरेश के सि,प्रसिद्ध गुरुङ,बिक्रम परियारले सहजीकरण गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.