www.tandavnews.com
Fact ~ In search of truth

‘सिङ्गापुर गोर्खाज अन एण्ड एक्स’ को कास्की प्रहरीलाई सहयोग

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज ।

सिङ्गापुर गोर्खाज अन एण्ड एक्स कोभिड–१९ रेस्क्यु टिम पोखरा शाखाले कास्की प्रहरीलाई थर्माेगन सहित पानी र जुस सहयोग गरेको छ ।

कोरोना भाईरस रोकथामका लागि फ्रन्ट लेयरमा खटिरहेका कास्की प्रहरीलाई सो टिमले आज (मंगलबार) एक थान थर्माेगन, ८४ कार्टुन (१००८ बोटल) पानी, ३२ कार्टुन (९६० वटा) जुस सहयोग हस्तान्तरण गरेको हो ।

Batas

सहयोग सामाग्री हस्तान्तरण गर्दै पोखरा शाखाका अध्यक्ष देव बहादुर पुनले नेपाल प्रहरीको योगदानको प्रशंसा गरे । उनले उक्त सहयोग यथेष्ट नभएपनि प्रहरीको सहकार्यमा जोडिन पाएकोमा खुशी व्यक्त गरे । ‘हामीले यस अघि पोखरामा २ सय १२ परिवारलाई राहात दिईसकेको छौं । अहिले एउटा संस्थासँग समन्यव गरेर दैनिक ३ देखी ४ सयलाई खाना पकाएर पनि खुवाईरहेका छौ । र आज हामी यस्तै सानो सहयोगको लागि यहाँ छौं ।’ अध्यक्ष पुने भने ।

उनले कोरोना भाईरस रोकथामको लागि सिङ्गापुर पुलिस फोर्समा कार्यरत तथा अवकाश प्राप्त केही व्यक्तिहरुले स्वतस्फूर्त आर्थिक संकलन गरी सहयोगको काम गरिरहेको बताए ।त्यस्तै कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले सहयोगको लागि धन्यवाद व्यक्त गर्दै आफ्नो सरुवा अगावै कास्की प्रहरीलाई सहयोग गर्ने सबै संस्थालाई सम्मान गर्ने कार्यक्रम रहने समेत बताएका थिए । जिल्ला प्रहरी कास्कीको मातहतमा पछिल्लो समय ९ सय बढि प्रहरी कर्मचारी फिल्डमा खटिदै आएका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.