www.tandavnews.com
Fact ~ In search of truth

तनहुँ नगरपालिकाको कोषमा नेकपाको सहयोग

तनहुँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले व्यास नगरपालिकालाई एक लाख ११ हजार १११ प्रदान गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नगरपालिकालाई उक्त रकम सहयोग गरेको हो ।

पार्टी नगर अध्यक्ष श्रीराम कार्कीले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई मंगलबार सो रकम हस्तान्तरण गर्दै कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सिङ्गो पार्टी नगरपालिकाको साथमा रहेको बताए ।

Batas

नगरप्रमुख न्यौपानेले नगरपालिकाको अभियानमा साथ दिएकामा नेकपाप्रति आभार व्यक्त गरे । बन्दीपुर गाउँपालिकाले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेकपा र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ ।

उक्त कोषमा नेकपा बन्दीपुर गाउँ कमिटीले एक लाख ५१ हजार र काँग्रेस बन्दीपुर गाउँ समितिले र एक लाख ५४ हजार सहयोग गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । साथै नेकपा बन्दीपुर कमिटीले गाउँपालिकालाई एक लाख बराबरको खाद्यान्न सामग्रीसमेत सहयोग गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.