www.tandavnews.com
Fact ~ In search of truth

तिनै तहको सरकारलाई पोखरा उद्योग वाणिज्य संघको २८ बुँदे संयुक्त ज्ञापन पत्र (यस्ता छन् माग र सुझाव)

सुशान्त गाहा मगर

पोखरा /ताण्डव न्यूज ।

पोखरा उद्योग वाणिज्य संघ तथा गण्डकी प्रदेश समितिले संयुक्त रुपमा तिनै तहको सरकारलाई २८ बुँदे ज्ञापन पत्र पेश गरेको छ ।

Batas

कोरोना कहरका कारण अस्तव्यस्त र धाराशायी बनेकोले निजी क्षेत्रको व्यवासाय सामान्य अवस्थामा फर्काउनका लागि सुझाव र माग सहित गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडा, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीलाई ईमेल मार्फत सो ज्ञापन पत्र आज (बुधबार) पठाएको हो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले ईमेल गर्नुपूर्व पत्रकाहरु समक्ष बोल्दै नीतिगत रुपमा सरकारले व्यवासायीको माग सम्बोधन गरिदिनुपर्ने धारणा राखे । अधिकारीले आगामी जेठ १५ अगावै बजेट ल्याउने प्रावधान रहेकोले अहिलेकै समयमा ज्ञापन पत्र पठाएको बताए । ‘हुनत कोरोना साम्य भएपछि पठाएपनि हुने हो तर आउने जेठ १५ अगाडि नै बजेट ल्याउने भएकाले व्यवस्थापन र नीतिगत रुपमा निजी क्षेत्रको व्यवसायीको समस्यालाई सम्बोधन हुन्छ कि भनेर ईमेल तिन वटै तहको सरकारलाई ईमेल गर्दैछौं ।’ अधिकारीले भने ।

नेपाल सरकारले जारी गरेको लकडाउन पश्चात कुल ग्राहस्थ उत्पादनमा करिब ५ सय अर्बको नोक्सानी भएको बताउदै अधिकारीले सरकारलाई १ खर्ब २० अर्ब बढि राजश्वमा घाटा लागेको उनले बताए । ‘पोखराको हकमा यसको करिब १० प्रतिशत घाटा भएको हाम्रो आंकलन छ ।’ अध्यक्ष अधिकारीले भने ।

उनका अनुसार कोरोनाको महामारी अन्त्य भएपनि निजी क्षेत्रको व्यवसायमा महामारी आउने भएकाले सो समस्यमा समाधानका लागि सरकारले सोही अनुरुपको नीति बनाउनका लागि उक्त ज्ञापन पत्रमा सुझाव सहित केही मागहरु समावेश गरिएका छन् । सोही विच अधिकारीले पर्यटन क्षेत्र र सार्वजनिक यातायात क्षेत्रमा व्यवसायको स्तर सामान्य अवस्थामा फर्किन २ देखी ३ वर्ष लाग्न सक्ने उनले धारणा राखेका थिए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजीव कोईरालाले मजदुर तथा कर्मचारीको तलबमा विभेद रहेको गुनासो गरे । मन्त्री परिषदको बैठकले गरेको निर्णयको आलोचना गर्दै उनले घरमै बस्ने र फिल्डमा खटिएका मजदुर र कर्मचारीको तलब एउटै हुन नहुने धारणा राखे । उक्त बैठक पश्चातको निर्णयले उद्योगी व्यवसायी र मजदुर विच तथा बैंक र व्यवसायी विच समेत द्वन्द्ध सिर्जना गरेको तर्क राखे । ‘बैंक तथा वित्तिय संस्थाहरुले पनि हेक्का राख्नुपर्छ उनीहरु पनि निजी स्रोत नै हो ।’ कोईरालाले भने ।

यस्ता छन्, पोखरा उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशले संयुक्त रुपमा पठाएको २८ बुँदे माग तथा सुझाव

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.