www.tandavnews.com
Fact ~ In search of truth

कूल संक्रमण ‘सेन्चूरी’ नजिक, घर फर्कनेको सङ्ख्या २२

नारायण न्यौपाने
काठमाडौँ, रासस ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि पिसिआर विधिबाट हालसम्म १४ हजार ९६ को स्वास्थ्य परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा ¥यापिड डाइग्नोस्टिक विधिबाट ५२ हजार ९७० को नमूना परीक्षण गरिएको प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । गत २४ घण्टामा ९३१ वटा परीक्षण भएका छन् ।

तीव्र गतिमा विस्तार भइरहेको कोभिड १९ को आवश्यक सामग्री व्यवस्थापनसहित परीक्षणलाई प्रभावकारी ढङ्गबाट अघि बढाइने मन्त्रालयले जनाएको छ । मुलुकमा विभिन्न क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या १९ हजार ७३४ छ भने आइसोलेसनमा रहेका बिरामीको सङ्ख्या १३६ छ । रेडजोनमा रहनेको सङ्ख्या ३३३ रहेको छ ।

Lama collectio News Middle

कोशी अस्पतालमा उपचारमा रहेका छ जना सङ्क्रमितको परीक्षण नेगेटिभ देखिएकाले उनीहरु अस्पतालबाट बाहिरिएको डा देवकोटाले जानकारी दिए । अस्पतालमा कोभिडको उपचारपछि घर फर्कनेको सङ्ख्या हालसम्म २२ पुगेको छ ।

काठमाडौँका अस्पतालबाट वैशाख ११ गते डिस्चार्ज भएका पुरुषको पुनः नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै वैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषको पनि नमूना परीक्षण पोजेटिभ आएकाले नारायणी अस्पतालमा भर्ना गरिएको छ । वीरगञ्जबाट पठाइएको नमूना परीक्षणमा थप १७ जनाको नतिजा पोजेटिभ आएको छ । पछिल्लो नतिजासँगै हाल देशमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । उनीहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery