www.tandavnews.com
Fact ~ In search of truth

‘राष्ट्रिय एकताका लागि बुद्धका उपदेश’:प्रदेश प्रमुख शेरचन

पोखरा ।

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गौतमबुद्धको २५६४औँ जन्मजयन्तीको अवसरमा विश्वभरका बौद्धमार्गी एवं शान्ति र अहिंसाप्रेमी सम्पूर्ण समुदायमा शुभकामना व्यक्त गरेका छन् । उनले पवित्रभूमि नेपालको लुम्बिनीमा जन्मेका राष्ट्रका गौरव एवं शान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाणको संयोग परेको पवित्र दिनमा सबैमा एक आपसमा सहिष्णुता, सद्भाव, अहिंसा एवं विश्व शान्तिको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।

शेरचनले शान्तिका अग्रदूत बुद्धका समतामूलक समाज निर्माणका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएका छन् ।

Lama collectio News Middle

उनले आर्थिक समृद्धि, सामाजिक विकास एवं सुशासन प्राप्तिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि मुलुकमा दिगो शान्ति र सुदृढ राष्ट्रिय एकता एक प्रमुख शर्त रहेकाले बुद्ध जयन्तीको यस अवसरमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प साकार पार्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न सबै शान्तिप्रेमी दाजुभाइ दिदीबहिनीमा आह्वानसमेत गरेका छन ।

सन्देशमा कोरोना भाइरसको महामारीका कारण विश्वभरि सिर्जित समस्यालाई नियन्त्रणमा लिन नेपाल सरकारले गरेको लकडाउन सफल बनेको बताउँदै उनले अझै पर्याप्त पिसीआर परीक्षणका माध्यमबाट सङ्क्रमणको अवस्था पत्ता लगाइ यसको रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका खेल्ने विश्वास लिइएको उल्लेख छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop