www.tandavnews.com
Fact ~ In search of truth

मानवीय सेवामा जुटौँ : मुख्यमन्त्री गुरुङ

कास्की ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव जातिको अस्तित्वका लागि चुनौती बनेर आएको कोरोना भाइरसविरुद्धको जारी लडाइँमा पूर्ण सफलता प्राप्त गर्न मानवीय सेवामा जुट्नु आह्वान गरेका छन् । विश्व रेडक्रस दिवसको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले मानवीय सेवामा जुटिरहनुभएका रेडक्रस अभियन्तालगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री गुरुङलले सन्देशमा रेडक्रसका आधारभूत सिद्धान्तहरुमा मानवता र मानवीय सेवा पहिलो रहेकाले महामारीविरुद्धको यस लडाइँमा जुटिरहँदा मानवता र मानवीय सेवाको महत्वलाई अझ गहिराइमा पुगेर बुझेको र आत्मसात गरेको महसुुस भएकोे उल्लेख गरेका छन्। सन्देशमा उनले रेडक्रसजस्तो विशुद्ध मानवीय कार्यमा समर्पित संस्थाका संस्थापक जाँ हेनरी ड्युनालगायत रेडक्रस अभियानका सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै आफ्नो ठाउँबाट निष्ठापूर्वक मानव जातिको मुक्ति र सेवामा अविचलित लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

Batas

आफ्नो जीवनलाई जोखिममा राखेर भए पनि मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा खटिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति सन्देशमा उनले उच्च सम्मान प्रकट गरेका छन् । मानवीय सेवा र सहायता, मानव जीवन र स्वास्थ्यको रक्षाजस्ता उद्देश्यका साथ सन् १८६३ मा स्थापना गरिएको रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको जन्म दिन मे ८ लाई विश्वभर रेडक्रस दिवसका रूपमा मनाउने गरिन्छ । (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.