www.tandavnews.com
Fact ~ In search of truth

रुकुम (पूर्व) : ‘आरडिटी किट’ सकिएपछि क्वारेन्टाइन बसेकालाई विनापरीक्षण घर पठाइँदै

रुकुम(पूर्व) ।

र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किट सकिएकाले रुकुम (पूर्व) मा क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ । प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल गनले ज्वरो नाप्दै घर पठाउने गरिएको छ । भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका दुई सयभन्दा बढी व्यक्तिलाई जाँचविनै घर पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताए।

Batas

क्वारेन्टाइनबाट घर पठाइएका उनीहरुलाई होम क्वारेन्टाइनमै बस्न भनिएको छ । प्रशासन कार्यालयको तथ्याङ्कानुसार १६५ नागरिक विदेशबाट भित्रिए पनि १२९ जनाको मात्र आरडिटी गरिएको छ । कोरोना परीक्षणका लागि प्रदेश सरकारले १६० वटा मात्रै किट पठाएको थियो । त्यसमध्ये १२९ जनाको आरडिटी गरिएको र ३१ किट आकस्मिक अवस्थाका लागि राखिएको छ । प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नपठाइएको शर्माले बताए ।
(रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.