www.tandavnews.com
Fact ~ In search of truth

सिडेन गण्डकीद्वारा गण्डकी अस्पताललाई पिपिइ र मास्क हस्तान्तरण

पोखरा ।

सेन्टर फर डिमोक्रेटिक ईन्जिनियर्स गण्डकी प्रदेशले कोरोनाबाट बच्नका लागि प्रयोग हुने इक्युपमेन्ट हस्तान्तरण गरेको छ । सेन्टर फर डिमोक्रेटिक ईन्जिनियर्सले पिपिई र मास्क बजारमा अभाव भैइरहेको अवस्थालाई मध्यनजर गर्दै पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट र मास्क पश्मिाञ्चल क्षेत्रीय अस्पताल गण्डकीलाई सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।

डिमोक्रेटिक ईन्जिनियर्स (सिडेन)ले १५ थान पर्सनल प्रोटेकटिभ इकुप्मेनट(PPE) र ५०० पिस मास्क अस्पताललाई सहयोग प्रदान गरेको हो । सहयोग प्रदान कार्यक्रममा सिडेन गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र पाण्डे ,सचीव सन्तोष जिसि, कोषाध्यक्ष, अबित केसि, सदस्य निरोज लामिछाने, सृजन कोइराला एवम् सल्लाहकार रमेश बास्तोलाको उपस्थिति रहेको थियो ।

Batas

उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्की जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डेको पनि विशेष उपस्थिती रहेको थियो यसैबीच सामान हस्तान्तरण कार्यक्रममा लक्ष्मी पाण्डेले पनि ५ थान पर्सनल प्रोटेकटिभ इकुप्मेनट(पिपिई)गण्डकी हस्पिटल लाई प्रदान गरे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.