www.tandavnews.com
Fact ~ In search of truth

लियो चौतारी पोखरामा किरण अधिकारी

पोखरा।

लियो डिस्ट्रिक काउन्सिल ३२५ बि १ अन्तर्गतको लियो क्लब अफ चौतारी पोखराको लायन वर्ष २०२०/०२१ मा लियो किरण अधिकारी चयन भएका छन् ।

भिडियो कन्फेरेन्स मार्फत भएको उक्त निर्वाचनमा निवर्तमान अध्यक्ष विशाल अधिकारी, प्रथम उपाध्यक्षमा उत्तम पौडेल, द्धितिय उपाध्यक्षमा सागर पौडेल चयन भएका छन् । त्यस्तै सचिवमा कुशल अर्याल, सह सचिव सहनसिल पौडेल, कोषाध्यक्षमा दिपेन बराल, सह–कोषाध्यक्ष पुरुषोतम पराजुली निर्वाचित भए छन् ।

Batas

भिडियो कन्फेरेन्समा क्लबका पूर्व अध्यक्षहरु लियो हरिहर पराजुली, प्रदिप पौडेल र विशाल अधिकारीले आगामी कार्यकालमा मानवीय सेवामा जुट्न सुझाव दिए ।व्यक्तित्व र नेतृत्व विकास गर्दै खाचो आवश्यकतामा परेका व्यक्तिलाई सहयोग पुर्याई एक उदारणीयकार्यमा लागी पर्न आग्रह गर्दै लायन्स युथ प्रोजेक्टको रुपमा रहेको बताए ।

लियो क्लबहरुमा आबद्ध भई आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्दै समाज सेवामा ३० वर्ष सम्मका युवाहरु लाग्न सक्ने हुनाले ईच्छुक युवालाई क्लबमा आबद्ध हुन समेत आह्वान गरे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.