www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना संक्रमितको संख्या ६० हजार, ३० प्रतिशत निको

पछिल्लो २४ घण्टामा ९५ को मृत्यु

भारत।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६० हजार पुगेको छ ।

संक्रमितहरुको संख्या बढ्दै गएसँगै संक्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार झण्डै ३० प्रतिशत संक्रमितलाई निको भएको छ ।हिजो(शनिबार)मात्रै झण्डै तीन हजार ३२० जना कोरोनाभाइरस संक्रमितहरु थपिएको जनाइएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ५९ हजार ६६२ पुगेको छ ।

Batas

संक्रमितको संख्या झण्डै ६० हजार पुगेपनि अहिले विरामी अवस्थामै रहेकाहरुको संख्या भने ३९ हजार ८३४ रहेको छ । त्यसैगरी संक्रमणमुक्त हुनेहरुको संख्या १७ हजार ८४७ रहेको अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा मात्रै भारतमा ९५ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेहरुको कुल संख्या एक हजार ९८१ पुगेको छ ।केन्द्रीय स्वास्थ्यमन्त्री डा .हर्ष बर्धनले शनिबारले संक्रमित र मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएपनि कतिपय विकसित देशहरुमा जस्तो अनियन्त्रित र भयावह अवस्था भने नरहेको बताए ।

हाम्रोमा कोरोनाभाइरसबाट संक्रमितहरुको मृत्युदर झण्डै ३.३ प्रतिशत रहेको छ जबकी संक्रमणमुक्त हुने दर भने २९.९ प्रतिशत रहेको छ, उनले भने। यस तथ्याँकलाई उनले सुखद र सकारात्मक भएको तर भयावह अवस्थाको नभएको दावी गरे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.