www.tandavnews.com
Fact ~ In search of truth

थप १३ जनामा कोरोना संक्रमण, कूल संक्रमित संख्या १३४ पुग्याे

पाेखरा । 

नेपालमा थप १३ जनामा कोरोना संक्रमण देखिएको छ।

६ जना कपिलवस्तु, ६ जना रुपन्देही र बर्दियामा १ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

Batas

संक्रमितहरू कपिलवस्तुको यशोधरा -८ र बुद्धभूमि नगरपालिका-७ निवासी १५,१९, २३, ३०,३२ र ३८ वर्षीय पुरूषहरू रहेका छन्। त्यस्तै, रुपन्देही सम्मरीमाई गाउपालिका-७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका -६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरूष रहेका छन् भने बर्दिया राजापुर-५ की ११ वर्षीय बालिका छिन्।

यससँगै नेपालमा संक्रमित संख्या १३४ पुगेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.