www.tandavnews.com
Fact ~ In search of truth

भाइरसविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीप्रति उच्च सम्मान :मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जीवनलाई जोखिममा राखेर मानव अस्तित्व र मानव स्वास्थ्यको रक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

Lama collectio News Middle

विश्व नर्स दिवसका अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उनले कोरोना भाइरसविरुद्धको लडाइँमा प्रत्यक्ष जुटिरहँदा नर्सिङ र स्वास्थ सेवाको महत्व र कर्मलाई अझ गहिराइमा पुगेर बुझ्ने अवसर प्राप्त भएको उल्लेख गरेका छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका क्रममा यसलाई प्राथमिकताका साथ लिइने विश्वास व्यक्त गर्दै उनले सन्देशमा कोरोना भाइरसविरुद्धको लडाइँमा पूर्ण सफलता प्राप्त गर्न र यस विश्व संकटको बेलामा अझ दृढतापूर्वक जुट्न आजको ऐतिहासिक दिनले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop