www.tandavnews.com
Fact ~ In search of truth

रेड जोनका दर्जन व्यक्ति लेकसाइड भित्रिदाँ स्थानीयमा त्रास(भिडियो सहित)

उमा विक,

पोखरा/ताण्डव न्यूज ।

मोरङबाट एक झुण्ड मानिस पोखरा भित्रिए पछि स्थानीय त्रसित बनेका छन्। लकडाउनकै अवधिमा पोखराको लेकसाइडमा एक हुल मानिस भित्रिएपछि लेकसाइड बासी त्रसित बनेका हुन् ।

Batas

रेड जोनमा रहेको मोरङ जिल्लाबाट पोखरामा १२ जनाको समुहमा व्यक्तिहरु भित्रिएको स्थानीयले बताए । स्वास्थ्य सिफारिस पत्र बिनै उनीहरु पोखरा भित्रिएपछि स्थानीयमा त्रास फैलिएको हो ।

लकडाउनका बेला एक्कासी पावर लगाएर निजी गाडीमा मानिसहरु लेकसाइड आएपछि आफूहरुमा त्रास छाएको स्थानीय विपिन पौडेलले बताए । उनले भने,‘हिजो मात्रै १०,१२ जनाको समुहमा मानिसहरु निजी सवारीमा लेकसाइड आएका छन । उनीहरु कोरोनाको जोखिममा रहेको प्रदेश १ अन्तर्गतको जिल्ला मोरङबाट आएको भन्ने सुनेका छौँ। कोरोनाको रेड जोनबाट यहाँ मानिस भित्रिए पछि हामी त्रसित छौँ ।’ स्थानीयले नयाँ मानिसहरु भित्रिएको वडालाई र वडा प्रहरी कार्यालय बैदामलाई जानकारी गराउँदा वास्ता नगरेको पौडेलले गुनासो गरे ।

त्यस्तै अर्का स्थानीय इन्जिनियर मदन पहारीले नयाँ मान्छे आएपछि वडाले सम्बन्धित निकायसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्नुपर्नेमा वडा त्यसतर्फ वास्ता नगरेको बताए । उनले भने,‘रेड जोनबाट भित्रिएको मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्नेमा वडाले कुनै वास्ता गरेनन्, उनीहरुको र स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखेर क्वारेन्टाइनमा राखे हामी युवाहरु स्वयमसेवकको रुपमा सहयोग गर्न तयार छौँ । ’

यता पोखरा वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले पोखरामा मानिस भित्रिएको स्वीकारे । वडाध्यक्ष पहारीका अनुसार लेकसाइड भित्रिएका १२ जना मध्ये १० जना स्ट्रीट नम्बर ९ मा रहेको पिस जोन होटलमा र अन्य २ जना स्ट्रीट नम्बर १७  लालुपाते मार्ग स्थित बुद्ध प्यालेस होटलमा बसेका छन् ।

बुद्ध प्यालेस होटलमा रहेका २ जनाको आरडीटी टेष्ट नेगेटिभ आएको जनाइएको छ । अन्य १० जनाको पोखरामा आरडिटी टेष्टका लागि चाहिने किट सकिएकाले टेष्ट हुन सकेको छैन । अनुसार उनीहरुलाई उच्च निगरानीमा राखिएको वडाध्यक्ष पहारीले बताए । उनले भने,‘२ जनाको आरडिटी टेष्ट नेगेटिभ आएको छ , अन्य १० जनाको टेष्ट हुन बाँकी छ। उनीहरुलाई होटल बाहिर निस्कन मनाही गरिएको छ र उच्च निगरानीमा राखेका छौँ । उनीहरु स्वयम् सेल्फ क्वारेन्टिनमा छन्। त्यसैले जोखिम छैन, त्रसित हुनुपर्दैन ।’

पोखरा आएका उनीहरु मोरङमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि स्वास्थ्य सुरक्षाका लागि पोखरा आएको हुन सक्ने बताइएको छ । यद्यपि उनीहरु पोखरामा रहेर होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरु रहेको र लकडाउन अघि उनीहरु घर फर्केको जनाइएको छ ।

प्रदेश १ मा पछिल्लो तथ्यांक अनुसार हालसम्म ३५ संक्रमित रहेका छन् ।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्: लेकसाईडमा कोरोना त्रासः मोरङबाट आएका दर्जन व्यक्तिको नत परिक्षण गरियो नत क्वारेन्टाईनमै राखियो 

 

 

 

 

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.