www.tandavnews.com
Fact ~ In search of truth

आज थप दुईमा संक्रमण पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण आज दुईजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा संक्रमण भएको पाइएको बताए ।

यसैगरी उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका–५ का २२ वर्षीया पुरुषमा संक्रमण देखिएको हो । योसँगै संक्रमितको सङ्ख्या २१९ जना पुगेको छ ।

Batas

मंगलबारमात्र नेपालमा एकैपटक ८३ जनामा संक्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा .अधिकारीका अनुसार दुवै संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.