काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन्।
कोरोनाभाइरसको संक्रमण बढिरहेको र नेपाली भूमि लिपुलेकमा भारतले बाटो बनाएको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूलाई बालुवाटार बोलाएका हुन्।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले दिउँसो ४ः३० बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरू र पूर्वप्रधानमन्त्रीलाई आमन्त्रण गरिएको जानकारी दिएका छन्।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.