www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्य मन्त्रालयको त्रुटीपूर्ण अपडेट, कूल संक्रमीतको संख्या २४५ मात्रै

माधव भुसाल
पोखरा,
ताण्डव न्यूज ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर अपडेट दियो । कपिलबस्तु र काठमाडौंबाहेक धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना नयाँ संक्रमित थपिएको भनेर मन्त्रालयले अपडेट दिएकाे थियो ।

तर, उक्त अपडेट गलत रहेको पाइएकाे छ । प्राविधिक कारण देखाउँदै विज्ञप्तीमार्फत अपडेटमा त्रुटी भएको मन्त्रालयले जनाएको हो । विज्ञप्तीमा मन्त्रालयले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै रहेको उल्लेख गरेको छ ।

Batas

मन्त्रालयले बिहीबार बिहान पहिला काठमाडौं र कपिलबस्तुमा दुई संक्रमित थपिएका भन्दै विज्ञप्ति जारी गरेकाे थियाे। पछि थप पाँच जना संक्रमित धनुषा, महोत्तरी र सर्लाहीमा फेला परेको भन्दै अर्को विज्ञप्ति आएको थियो। जसमा संक्रमितको संख्या २५० पुगेको उल्लेख गरेकाे थियाे।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.