www.tandavnews.com
Fact ~ In search of truth

कडा बन्यो लकडाउन,गृहको निर्णयबिना एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने

काठमाडौं ।

दिनदिनै संक्रमितको संख्या बढ्न थालेपछि सरकारले लकडाउनलाई अझै कडा बनाउने भएको छ ।

जारी लकडाउनलाई कडा बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।लकडाउनलाई कडा बनाउँदैँ लकडाउनका बेला चल्न पाउने गरि यसअघि दिइएको सबै पासहरुलाई आजैदेखि लागु हुनेगरि गृहमन्त्रालयले रद्ध गरेको छ ।

Batas

आजदेखि एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि यसअघि दिइएका पासहरु खारेज भएका छन् । गृहमन्त्रालय स्रोतको अनुसार अब नयाँ तरिकाले पास लिनुपर्नेछ भने गृहको निर्णयबिना एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइनेछैन ।

स्रोतको अनुसार बिरामी भएका व्यक्ति र मृत्यु संस्कारमा जाने बाहेकका काममा एउटा जिल्लाबाट अर्को जिल्ला जान पाइनेछैन।एउटा जिल्लाबाट अर्को जिल्लामा जानबाट रोक्नैका लागि झन्झटिलो प्रक्रिया बनाइएको गृहको भनाइ छ।

अब कोही बिरामी भएमा उसले चिकित्सकको सिफारिस रिपोर्ट लिएर प्रमुख जिल्ला अधिकारी९सिडिओ०कहाँ जानुपर्नेछ। सिडिओले त्यो सिफारिसलाई गृहमा पठाएपछि गृहले छानविन गरेर पास पठाएपछि मात्रै एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइनेछ। त्यस्तै मृत्यु संस्कारमा जान लागेको आवश्यक कागजात सिडिओलाई पेस गरेपछि सिडिओले त्यसलाई गृहमा पठाउनेछन् भने गृहले छानविन गरेर अनुमति दिएपछि मात्रै पास जारी हुन्छ।

काठमाडौं उपत्याकाका तीन जिल्लामा पुरानै पासले काम गर्ने बताइएको छ।गृहले अत्यावश्यक क्षेत्रका सवारी साधनहरुका लागि भने अनुमति पत्र नचाहिने स्पष्ट पारेको छ। तर त्यस्ता ठाउँमा काम गर्नेहरुले सम्बन्धित संस्थाहरूको परिचयपत्र अनिवार्य बोक्नुपर्नेछ।

पत्रकारको हकमा भने सूचना विभागबाट जारी गरिएको अनुमति पत्र जरुरी पर्ने गृहले जनाएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.