www.tandavnews.com
Fact ~ In search of truth

देवचुलीका बैंक तथा वित्तीय संस्था सबै बन्द, हिँडडुल गर्न पूर्ण रोक

देवचुली
ताण्डव न्यूज ।

पूर्वी नवलपसासीको देवचुली नगरपालिका अघोषित रुपमा शिल गरिएको छ । देवचुली स्थायी घर भई कलकत्ताबाट चितवन पुगेका एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएसँगै देवचुलीमा पूर्ण रुपमा हिँडडुलमा समेत रोक लगाईएको हो । संक्रमित ब्यक्ति नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) भने प्रवेश गरेका छैनन् ।

देवचुली नगरभित्रका बैङ्क तथा बित्तिय संस्था, सहकारी सबै बन्द गर्न देवचुली नगरपालिकाले सुचित गरिसकेको देवचुली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताए।

Batas

देवचुली नगरपालिका कार्यालय आउने कर्मचारीलाई समेत आजदेखि रोक लगाईएको छ । नगरभित्रका स्वास्थ्यकर्मीलाई समेत सुरक्षित भएर सेवा प्रवाह गर्न अनुरोध गरिएको भुसालले बताए ।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.