www.tandavnews.com
Fact ~ In search of truth

विपन्न र असाहायलाई माया र पार्वतीको सहारा : सिधा सहयोग पीडित समक्ष

सुशान्त गाहा मगर
 पोखरा, ताण्डव न्यूज।

पार्वती गुरुङ ‘माहिला’ र माया गुरुङ ‘कान्छा’ । यी दुई नाम र यीनले गर्ने काम वजनदार छ । बेलायत बस्दै आएपनि यी दुई ‘माहिला’ र ‘कान्छा’ यतिबेला पोखरामै लकडाउन डायरीज्मा ब्यस्त छन् । कोरोना कहरका कारण उनीहरु पोखरामै अल्झिएका छन् । तर बेलायत जानुपर्ने समय भने नभएको होईन । बेलायतबाट सहयोग बोकेर आउँछन् हरेक पटकको बिदामा ‘माहिला’ र ‘कान्छा’ । र डायरिज् बनाएर फर्कन्छन् । अहिलेको बिदामा पनि लकडाउन डायरिज् सँगै विभिन्न विपन्न परिवार तथा असहायको सहारा बन्दै दैनिकी ब्यतित गरिरहेका छन् ।

यी दुई समाजसेवीले पैदल हिडेरै सिधा सहयोग पीडिलाई प्रदान गरिरहेका छन् । गत साता यी दुईले पोखरा सेरोफेरोमा आर्थिक सहयोग गरिसकेका छन् ।

Batas

विपन्न र असाहायलाई माया र पार्वतीको सहारा

माया र पार्वती गुरुङको नेतृत्वमा पोखरा १७ छोरेपाटनमा बस्दै आएका सप्तरीका रामदेव शाहको परिवारलाई २१ हजार आर्थिक सहयोग गरे । रामदेवको धर्मपत्नी ३९ वर्षिया प्रमिला शाहको अल्पायुमै मृत्यु भएपछि अन्त्योष्टिका लागि उनीहरुले आर्थिक सहयोग गरेका हुन् । स्व. प्रमिला मुटु रोगी थिईन् ।

त्यस्तै दोर्दी गाउँपालिका ६ लम्जुङका २६ वर्षिय खेम बहादुर गुरुङलाई २५ हजार आर्थिक सहयोग गरे । फर्निचरमा काम गर्दै आएका खेम बहादुरले रुख काट्ने क्रममा च्यापेर अपाङ्ग बनेका उनलाई सहयोग प्रदान गरिन् ।

पार्वती गुरुङले क्होलासोथर गाउँपालिका ५ सिङ्दीका मनसुबा गुरुङलाई १५ हजार ६ सय ६० रुपैया निवासमै पुगेर हस्तान्तरण गरेको बताईन् । उनले घास काट्ने क्रममा लडेर मेरुडण्ड भाँचिएका उनलाई उपचारार्थ खर्चका लागि सो रकम सहयोग गरेको जानकारी दिईन् ।

महाशिला गाउँपालिका पर्वतकी ३२ वर्षिया सविना गुरुङको दुवै मृगौला फेल भएपछि उपचारका लागि १६ हजार सहयोग प्रदान गरेको मायाले बताईन् । उनका अनुसार आर्थिक अवस्था कमजोर भएकी सविनाको श्रीमान मलेसिया गएपछि सम्पर्क विहिन रहेका छन् ।

गुरुङले कास्कीको मजुवामा वालुवा चाल्दै आएका धादिङका एक बृद्धाको परिवारलाई समेत २० हजार आर्थिक सहयोग गरेको बताईन् । ‘उनको धर्मपत्नी बिरामी भएर बित्नुभएछ । केही दिनपछि उनको छोराले आत्महत्या गरेछ, अति विपन्न परिवार र समस्यामा परेको थाहा पाएपछि हामीले बुवालाई आर्थिक सहयोग गरेका हौं ।’ गुरुङले भनिन्, ‘यी सहयोगहरु उदाहरण मात्रै हुन् हामीले धेरै सहयोग गरिसकेका छौ र भावी दिनमा पनि गरिरहनेछौं ।’

यस अघि व्यक्तिगत रुपमा पार्वती गुरुङ, माया गुरुङ र बत्ति गुरुङले सहारा क्लब पोखरालाई १ लाख सहयोग प्रदान गरिसकेकी छिन् ।

आर्थिक सहयोग सबै बेलायतबाट

पार्वती गुरुङ ‘माहिला’ र माया गुरुङ ‘कान्छा’ले नेतृत्व गरेर सहयोग गर्ने सबै दाताहरु बेलायतबासी रहेका छन् । बेलायतमा कार्यरत तमु समुदायका विभिन्न संघ संस्थामा रहेका पदाधिकारीहरुले आर्थिक सहयोग गरेको पावती गुरुङले बताईन् । ‘हामीले समयन्वय मात्र गरेका हौं उहाँहरुले पैसा नपठाए हामीले मात्रै गरेर हुदैन । सहयोगी दाताहरुप्रति आभारी छु ।’ उनले भनिन्, ‘हामीले फेसबुक लाईभ गरेर सिधा सहयोग पीडित समक्ष दिन्छौ । निस्वार्थ भावले सहयोग गर्नुपर्छ सक्ने पैसा दिएर नसक्नेले मुस्कुराएर भएपनि राम्रो कामलाई सपोर्ट गर्नुपर्छ ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.