www.tandavnews.com
Fact ~ In search of truth

जातीय विभेदको आरोपमा पक्राउ परेका ३ जना धरौटीमा रिहा

पाेखरा । 

जातीय विभेदको आरोपमा पक्राउ परेका ३ जना धरौटीमा रिहा भएका छन् । किरियापुत्री भवन नदिएको आरोपमा पक्राउ परेका उनिहरुलाई जिल्ला अदालत कस्कीले धरौटीमा रिहा गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका समर परियारको निधन भएपछि उनको किरिया बस्न पोखरा १६ बाटुलेचौरको सार्वजनिक जग्गामा बनेको किरियापुत्री भवनको चाबी नदिएर जातीय विभेद गरेको भन्दै स्थानीय मोहन सुनारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि ३ जना पक्राउ परेका थिए ।

Batas

पक्राउ परेका राम जिसी, जनक थापा र देवबहादुर थापालाई जनही १ लाख ७० हजार रुपयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

सार्वजनिक जग्गामा सरकारी सहयोग लिएर क्षत्री समाज वडा इकाइले उक्त भवन बनाएको थियो । उक्त भवन नपाएपछि परियारका परिवारले अन्यत्रै किरियाकर्म गरेका थिए।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.