www.tandavnews.com
Fact ~ In search of truth

‘कोरोना संक्रमित’ सुत्केरीको धुलिखेल अस्पातलमा मुत्यु

काठमाडौं ।

धुलिखेल अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचाररत सुत्केरी महिलाको बिहीबार राति मृत्यु भएको हो ।

धुलिखेलिस्थत ल्याबमा कोरोना परिक्षण गर्दा पोजेटिभ आएपछि ‘थप कन्फर्मेसन’का लागि लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ। ती महिला सिन्धुपाल्चोक जिल्ला बाह्राबीसे नगरपालिका वडा नं ९ निवासी हुन् ।

Batas

गत वैशाख २५ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन्। तर, अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो।

महिलाको ज्यान गएपछि धुलिखेल अस्पताललाई सिल गरिएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.