www.tandavnews.com
Fact ~ In search of truth

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक लाख नाघ्याे

पाेखरा ।

भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा संक्रमण पुष्टि हुनेको संख्या १ लाख ३ सय ४० जना छन्।

भारतमा ३ हजार १ सय ५६ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ। भारतमा ३९ हजार २ सय ३३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

Batas

यस्तै, विश्वभर कोरोना संक्रमितको संख्या ४७ लाख ९५ हजार ९ सय ४१ पुगेको छ। मंगलबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ६ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ।

विश्वभर ३ लाख १८ हजार २ सय १३ जनाको कोरोना संक्रमणपछि मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक ९० हजार ३ सय ९ जनाको मृत्यु भइसकेको छ।

विश्वभर १७ लाख ८४ हजार ६ सय ५३ संक्रमित अहिले संक्रमणमुक्त भएका छ्न्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.