www.tandavnews.com
Fact ~ In search of truth

विदेशमै अन्तिम संस्कार सहमति दिए राहत दिने सरकारको निर्णय

पोखरा
ताण्डव न्यूज ।

सरकारले वैदेशिक रोजगारीको क्रममा विविध कारणले मृत्यु भएका नेपालीहरुको विदेशमै अन्तिम संस्कार सहमति दिए राहात दिने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएको अवस्थामा शव ल्याउन कठिन रहेको जनाउँदै परिवारले विदेशमै अन्तिम संस्कार गर्न सहमति दिए ५० हजार रहात दिने जनाएको हो ।

वैदेशिक रोजगार बोर्डले एक सूचना जारी गर्दै मृतक कामदारको शव सम्बन्धित मुलुकमा नै अन्तिम संस्कारका लागि नजिकको हकदारको तर्फबाट सहमती पत्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन अनुरोध गरेको छ ।

Batas

साथै, उल्लेखित राहात अन्तर्राष्टिय उडान सुचारु भएपछि मृत्यु हुनेको हकमा लागु नहुने बोर्डले प्रष्ट्याएको छ ।

हेर्नुहोस् सूचना

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.