www.tandavnews.com
Fact ~ In search of truth

फेदीखोला गाउँपालिका : बाँझो जग्गामा खेती गर्नेलाई अनुदान दिइने

स्याङ्जा ।

फेदीखोला गाउँपालिकाले बाँझो रहेको जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । खेतीयोग्य जमीन बाँझो हुँदै गएपछि गाउँपालिकाले जग्गा बाँझै राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुका साथै किसानलाई कृषि पेशाप्रति आकर्षित गर्ने उद्देश्यले यस्तो नीति लिएको गाउँपालिकाले जनाएको छ ।

Lama collectio News Middle

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले खेतीयोग्य जमीन बाँझो हुनबाट रोक्नुका साथै पालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनाका साथ किसानलाई अनुदान दिने निर्णय गरिएको बताए । अध्यक्ष सुवेदीले भने , “गाउँघरमा खेतीयोग्य जमीन बाँझै छन्, युवाहरु रोजगारीको खोजीमा विदेशिएका छन् । यो परम्पराको अन्त्य गर्दै गाउँमै रोजगारीको सिर्जना गर्ने उद्देश्यले बाँझो जमीनमा खेती गर्ने किसानका लागि अनुदान दिने योजाना ल्याएका हाँै ।”

आफ्नै जग्गामा धानखेती गर्ने किसानलाई दुई रोपनीको रु चार हजार, आफ्नै जग्गामा कोदोखेती गर्नेलाई प्रतिरोपनी रु दुई हजार र भाडामा लिएर धानखेती गर्नेलाई रु पाँच हजार अनुदान दिइने छ । दलहन वा तरकारी खेती गर्नेलाई रु दुई हजार ५०० अनुदानको रूपमा दिइने गाउँपालिकाले जनाएको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop