www.tandavnews.com
Fact ~ In search of truth

संक्रमण अपडेट : थप २५ जनामा कोरोना पाेजिटिभ, संक्रमितको संख्या ४ सय २७ पुग्याे

पाेखरा ।

बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या ४ सय २७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अाज थपिएका संक्रमित २५ जनामध्ये १८ जना पुरुष र ७ जना महिला छन्।

Batas

बाँकेको नरैनापुरमा मात्रै थप ५ जनामा संक्रमण पुष्टि भएको हाे । त्यस्तै, बाँकेकै खजुरा-५ का २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

धनकुटामा पनि ५ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु २८, २९, ३५ र ३७ वर्षका पुरुष हुन्। त्यस्तै, २४ वर्षीया एक महिलामा पनि संक्रमण पुष्टि भएको छ। उनीहरु धनकुटामा नै बस्दै आएका बताइएको छ।

कपिलवस्तुमा थप १३ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १२, २०, २२, २४, ३४, ३४ र ४८ वर्षका पुरुष छन्। त्यस्तै, १६, २५ र ३२ वर्षीया महिला छन्। साथै, ३, ४ र ६ वर्षका बालबालिका छन्।

नवलपरासी पश्चिममा थप एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ। उनी २६ वर्षका छन्।

जम्मा संक्रमित ४ सय २७ मध्ये पुरुष ३ सय ५८ र महिला ६९ छन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.