www.tandavnews.com
Fact ~ In search of truth

गोरखा : बालकमा डेङ्गु सङ्क्रमण

गोरखा ।

गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।

बालकलाई अत्यधिक ज्वरो आएपछि चैत ६ गते अस्पताल भर्ना गरिएकामा डेङ्गुको शङ्का लागेर परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको उनले बताए । सङ्क्रमित बालकको सम्पर्कमा आएका अन्यमा भने डेङ्गु रोगको लक्षण नदेखिएको उनको भनाइ छ ।

Batas

वैशाख ३१ गते बालकलाई डेङ्गु सङ्क्रमणको पुष्टि भएको अर्यालले बताए । स्वास्थ्य कार्यालय गोरखाले थप व्यक्तिमा अहिलेसम्म सङ्क्रमण नदेखिए पनि सचेतता अपाउन भने सबैलाई आग्रह गरेको छ । गोरखा जिल्लामा पछिल्लो समय डेङ्गुको सङ्क्रमण देखिन थालेको कार्यालयले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.