www.tandavnews.com
Fact ~ In search of truth

आज तीस जना नयाँ सङ्क्रमितः सङ्क्रमित पुगे ४८७

काठमाडौँ ।

कोरोना भाइरसको सङ्क्रमण आज ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पताल चितवनमा परीक्षणका क्रममा नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा सङ्क्रमण भेटिएको बताए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) का विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, चितवन, भरतपुर महानगरपालिका–६ केशरबाघका ८४ वर्षीय पुरुष र ७३ वर्षीय महिला छन् ।

Batas

नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका वडा नं ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीय महिला, कपिलवस्तु वाणगङ्गा नगरपालिका, महादेवी गाउँपालिका निवासी क्रमशः २४, २५, २७, २९, ३४, ३६, ४५ र ५३ वर्षीय पुरुष र आठ वर्षीया बालिका छन् ।

यसैगरी नयाँ सङ्क्रमितमा सर्लाही गोडैता नगरपालिका वडा नंं ८, ९, ११, १३ र १४ तथा रामनगर बहुअर्वा गाउँपालिका वडा नं ७ निवासी २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया महिला छन् । नयाँ आज भेटिएका सङ्क्रमितसँगै अहिलेसम्म सङ्क्रमित ४८७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको थियो ।

अहिलेसम्म कोभिड–१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । उनका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन् । (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.