www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर ५० लाख ९७ हजार संक्रमित, भारतमा मृत्यु हुनेको संख्या ३ हजार ५ सय ८४

पाेखरा । 

विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख ९७ हजार ९ सय ४४ पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १५ लाख ७६ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, रुसमा ३ लाख १७ हजार ५ सय ५४, ब्राजिलमा ३ लाख १० हजार ८७, बेलायतमा २ लाख ५२ हजार २ सय ४६, स्पेनमा २ लाख ३३ हजार ३७, इटालीमा २ लाख २८ हजार ६, फ्रान्समा १ लाख ८१ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ।

Batas

विश्वभर ३ लाख ३२ हजार ४ सय २५ जनाको संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ९४ हजार ६ सय ६१ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३६ हजार १ सय २४, इटालीमा ३२ हजार ४ सय ८६, फ्रान्समा २८ हजार २ सय १८, स्पेनमा २७ हजार ९ सय ४०, ब्राजिलमा २० हजार ४७ जनाको मृत्यु भएको छ।

विश्वभर १९ लाख ४६ हजार ३ सय १२ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा पनि सर्वाधिक छ। त्यहाँ २ लाख ९८ हजार ४ सय १८ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै, जर्मनीमा १ लाख ५८ हजार ८७, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३४ हजार ५ सय ६०, ब्राजिलमा १ लाख २५ हजार ९ सय ६०, टर्कीमा १ लाख १४ हजार ९ सय ९० जना संक्रमणमुक्त भएका छन्।

यस्तै, भारतमा १ लाख १८ हजार २ सय २६ जनामा संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छ।

भारतमा मृत्यु हुनेको संख्या ३ हजार ५ सय ८४ पुगेको छ। त्यहाँ ४८ हजार ५ सय ५३ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.