www.tandavnews.com
Fact ~ In search of truth

क्राइम सिन : सुन्दरीबजार बस्ने सुजनको त्यो शनिबारको साढे सात…

मुक्का र ढुङ्गा हानेर मारिएका थिए सुजन

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा जेठ ५ गते छोरा हराएको निवेदन दिन पुगिन् उजेली बि.क । २ दिनअघिदेखि छोरा सुजन घर नआएपछि खोजतलासका लागि फोटो लिएर प्रहरी कार्यालय पुगेकी थिइन् उजेली ।

निवेदन दिएको भोलिपल्टै अर्थात् जेठ ६ गते साँझ ५ बजे पोखरा २७ भिमसेनस्थान नजिकै नेत्रबहादुर पुनले आफ्नो खेतमा एक ब्यक्तिको लास देखे । नेत्रबहादुरले तत्काल प्रहरीलाई खेतमा लास देखिएको जानकारी गराए ।

Batas

खबर पुग्नासाथ इलाका प्रहरी कार्यालय शिसुवाबाट डिएसपी अर्जुन रानाभाटको कमाण्डमा टोली घटनास्थल पुग्यो । खाडल खनेर पुरिएको लास देखेपछि डिएसपी रानाभाटले किलो वान अर्थात् जिल्लाका प्रमुख तथा एसपी दानबहादुर कार्कीलाई घटनास्थलबारे रिपोर्टिङ गरे ।

शिसुवा प्रहरीले घटनास्थललाई सिल गर्यो । एसपी कार्की सहितको टोली घटनास्थल पुगेर मुचुल्का बनाएपछि लास पोष्टमार्टमका लागि पश्मिाञ्चल क्षेत्रिय अस्पताल पोखरा पुर्यायो ।

लास सुजन बिकको थियो । प्रहरीले सोही अनुसार सुजनका साथीभाइलाई तार्गेट गरेर अनुसन्धान अघि बढायो । नजिकका १० जनालाई पक्राउ गरेर केरकार सुरु भयो ।

अन्ततः पक्राउ गरेकै मध्ये २ जनाले हत्या गरेको बयान दिए ।

बयान अनुसार यस्तो रहेछ घटनाक्रम

भर्खर २३ वर्षमा हुर्कदैं गरेका प्रकाश घर्ती मगर, वर्ष २१का थमन पुन र वर्ष २४का सुजन बि.क जेठ ३ गते शनिबार राति साढे सात बजेदेखि रक्सी पिउन थाले ।

सुजनले मदिराकै मातमा साथीहरुलाई अपशब्द बोल्न थाले । होहल्ला गर्दै गाली गलौज गर्न थालेपछि थमन रिसले चुर भए । सुजनको टाउको पछाडी मुक्का हाने । मुक्काले रन्थनीएका सुजन चिच्याउदै भुइ आड लाएर छट्पटिए ।

धेरै चिच्याउन थालेपछि प्रकाशले टाउकोको पछाडी सानो ढुङ्गाले हाने । अझै चिच्याउन नरोकिएपछि थमनले ठूलो ढुङ्गा सुजनको टाउकोको बायाँतर्फ बर्साए । मुक्काको दुखाईले चिच्याएका सुजन २ पटकको ढुङ्गा प्रहारले सधैंकालागि शान्त भए । उनको मृत्यु भयो ।

सुजनलाई प्रहार गरिएको ढुङ्गा र माटो खोस्रन प्रयोग गरिएको लट्ठी

सुजनको मृत्यु भएको थाहा भएपछि प्रकाश र थमन लास व्यवस्थापनबारे सोच्न थाले । दुवै जनाले बोकेर बार र पर्खालको बिचमा फालेर कोठामा पुगे ।

मदिराकै नासामा कोठा पुगेका उनिहरु गाँजाको नासा पनि थपे ।

सँगैका साथीहरु कोठा फर्किसक्दा छोरा किन आएन ? आमालाई लाग्नु स्वभाविक थियो । प्रकाश र थमनलाई ‘मेरो बाबु खोइ त कहाँ गयो ? आएको छैन र ?’ आमा उजेलीले सोधिन् ?

उनिहरुले खासै जवाफ दिएनन् ।

उजेली गएपछि लास लुकाउने योजना उनिहरुले बनाए । कोठाबाट निस्किएर अघि लास फालेको ठाउँमा पुगे । यत्तिकै छाड्न नहुने निश्कर्षमा पुगेपछि नजिकैको खुकुलो माटो र ढुङ्गाहरु भएको स्थानमा लास गाढ्ने भए । ढुङ्गाहरु हातले हटाएर मोटो खोसर्न थाले । बनेको खाडलमा लास राखेर माटोले र ढुङ्गाले पुरे । रातको १२ बजे यो घटना घटिरहेको थियो । लास पुरिसकेपछि १२ः३०मा प्रकाश र थमन कोठा फर्किए ।

विद्युतको काम गर्ने प्रकाश प्युठान गौमुखी गाउँपालिका ३ डिहिगाउँ घर भई पोखरा २७ बस्दै आएका थिए । थमन पनि प्रकाशकै स्थानका हुन् । उनिहरु एकै काम गर्थे ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.