www.tandavnews.com
Fact ~ In search of truth

क्वारेन्टिनमा मदिरा पुर्‍याउने पक्राउ

चितवन ।

कोरोना जोखिमका कारण बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई जिल्लामा स्थानीय तहले क्वारेन्टिन निर्माण गरी राख्ने व्यवस्था गरेका छ । क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पु¥याउने क्रममा राप्ती नगरपालिकाका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलिया रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए। उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पु¥याउन जाँदा इलाका प्रहरी कार्यालय भण्डाराले बुधबार साँझ नियन्त्रणमा लिएको हो ।

Batas

घरेलु मदिरासहित नियन्त्रणमा लिइएका थपलियालाई प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । उनको बयानको काम नसकिएकाले उनलाई प्रहरीको हिरासतमा राखिएको छ । क्वारेन्टिनमा बस्दा मदिरा सेवन गर्न नपाइने उनको भनाइ छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.