www.tandavnews.com
Fact ~ In search of truth

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५२ लाख ५ हजार ९ सय

काठमाडौं ।

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५२ लाख ५ हजार ९ सय पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १६ लाख ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९०, रुसमा ३ लाख २६ हजार ४ सय ४८, बेलायतमा २ लाख ५५ हजार ५ सय ४४, स्पेनमा २ लाख ३४ हजार ८ सय २४, इटालीमा २ लाख २८ हजार ६ सय ५८ र फ्रान्समा १ लाख ८२ हजार २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Batas

छिमेकी मुलुक भारतमा १ लाख २४ हजार ७ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ। सर्वाधिक संक्रमण देखिएको देशको सूचीमा भारत ११औं स्थानमा छ। भारतभन्दा अघि क्रमशः इरान, टर्की, जर्मनी, फ्रान्स, इटाली, स्पेन, बेलायत, रुस, ब्राजिल र अमेरिका छन्।

विश्वभर ३ लाख ३७ हजार ५ सय ७२ को कोरोना संक्रमणपछि मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ९५ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै, बेलायतमा ३६ हजार ४ सय ७५, इटालीमा ३२ हजार ६ सय १६, स्पेनमा २८ हजार ६ सय २८, फ्रान्समा २८ हजार २ सय १८, ब्राजिलमा २१ हजार ४८ जनाको मृत्यु भएको छ।

भारतमा ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ।

विश्वभर २० लाख ५४ हजार १ सय २५ जना संक्रमित अहिले संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ ३ लाख ५० हजार १ सय ३५ जना संक्रमणमुक्त भइसकेका छन्।

त्यस्तै, जर्मनीमा १ लाख ५९ हजार ६४, स्पेनमा १ लाख ५० हजार ३ सय ७६, इटालीमा १ लाख ३६ हजार ७ सय २०, ब्राजिलमा १ लाख ३५ हजार ४ सय ३० जना संक्रमणमुक्त भएका छन्।

भारतमा ५१ हजार ८ सय २४ जना संक्रमित अहिले संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ५ सय १६ जनामा संक्रमण पुष्टि भएको छ। शुक्रबार एकैदिन ५९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय नाघेको हो।

संक्रमितमध्ये ७० जना संक्रमणमुक्त भइसकेका छन्। शुक्रबार बाँकेका २१ जना एकैपटक संक्रमणमुक्त भई डिस्चार्ज भएका थिए।

संक्रमितमध्ये ३ जनाको भने मृत्यु भइसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.