www.tandavnews.com
Fact ~ In search of truth

८६ हजारको आरडिटी र ४६ हजारको पिसिआर परीक्षण

काठमाडौँ ।

सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ । यस्तै आरडिटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४९४ र आरडिटी विधिबाट चार हजार ११९ परीक्षण भएको छ ।

Batas

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश नं १ मा १० हजार १६९, प्रदेश नं २ मा छ हजार ३०८, वाग्मती प्रदेशमा २१ हजार ७१२, गण्डकी प्रदेशमा सात हजार ७०१, प्रदेश नं ५ मा ११ हजार ४८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८१७ जनाको आरडिटी परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ३२ हजार ५८७ छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४६१, प्रदेश नं २ मा छ हजार ९१०, वाग्मती प्रदेशमा ५३५, गण्डकी प्रदेशमा ७७९, प्रदेश नं ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा एक हजार ६७० र सुदूरपश्चिम प्रदेशमा चार हजार १०२ रहेका छन् ।

आइसोलेशनमा रहेकाको सङ्ख्या ५०८ रहेको छ । प्रदेश नं १ मा ६०, प्रदेश नं २ मा १६६, वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा २४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन् । यस्तै कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या ७० रहेको छ ।

पछिल्लो २४ घण्टामा ७०८ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेबपेज र एपमा मात्रै ७०८ जनाले आफ्नो विवरण भरेका छन् । सो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन् । रेड जोनमा परेकाको जाँच पड्ताल शुरु गरिसकिएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म एप र वेब पेजमा विवरण भर्नेको सङ्ख्या ४७ हजार ९६९ पुगेको छ ।  (रासस)
–––

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.