www.tandavnews.com
Fact ~ In search of truth

इद उल फित्र : दक्षिण एशियाबाट चन्द्रमा नदेखिएपछि ‘सोमबार’ सार्वजनिक बिदा

काठमाडौँ ।

सरकारले मुस्लिम समुदायका इद उल फित्रका अवसरमा सोमबारका लागि सार्वजनिक बिदा दिएको छ । नेपाल र दक्षिण एशियाबाट शनिबार चन्द्रमा नदेखिएकाले उक्त पर्व सोमबार मनाउने निर्णय भई अनुरोध आएकाले सोहीबमोजिम सार्वजनिक बिदा सच्याइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रिपरिषद्को जेठ ९ गतेको निर्णयानुसार मुस्लिम सुमदायको इद उल फित्रका अवसरमा आज आइतबारका लागि सार्वजनिक बिदा घोषणा गरिएको थियो । बिदा सच्याउन मुस्लिम आयोगबाट अनुरोध भइआएको हुँदा जेठ ११ को सट्टा १२ गते सोमबारका दिन सार्वजनिक बिदा कायम गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
–––

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.