www.tandavnews.com
Fact ~ In search of truth

कोरी : आँखैमा झलझली… (फोटो फिचर)

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेश पर्यटनको केन्द्र । जहाँ शाहसिक पदयात्रा गर्नेहरुका लागि दर्जनौ पदमार्गहरु छन् । विशेषगरी कास्कीको घोरेपानी, पुनहिल, मर्दी तथा अन्नपूर्ण लगायतका पदमार्ग लोकप्रिय मानिन्छ । यी सबै पदमार्गको स्वाद लिईसकेका पर्यटकहरुका लागि नयाँ गन्तव्य बनेको छ कोरी ।

समुद्री सतह देखी ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरीबाट माछापुच्छ्रे , अन्नपूर्ण, लम्जुङ तथा गणेश हिमाल लगायत हिमश्रृङ्खलालाई नजिकैबाट नियाल्न सकिन्छ । साथै सदावहार हिउँले ढाकिने कोरीमा स्केटिङ समेत खेल्न सकिन्छ । कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गुरुङ गाउँ सिक्लेस देखी ३ दिनमा कोरी पुग्न सकिन्छ ।

Batas

पहिलो दिन हुँगु पुगिन्छ भने दोस्रो दिन विश्वकै होचो स्थानमा (२ हजार ४ सय ५० मिटर) रहेको हिमताल कपुचेको अवलोकन पश्चात न्होटा पुगेर मौसम परिवर्तन गरिन्छ र अर्काे दिन कोरी पुग्न सकिन्छ । एकैपटक ३८ सय मिटर उचाईमा पुग्दा लेक लाग्ने भएर सिक्लेसबाट यात्रा सुरु गरेर हुँगुँ, न्होटामा बास बस्ने गरिन्छ र तेस्रो दिन हिँउमा चिप्लिन कोरी पुगिन्छ ।

हेराैँ ताण्डवकर्मी सुशान्त गाहा मगरको लेन्सबाट कैद कोरी :

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.